काठमाडौं । रोल्पामा झोलुंगेपुल निर्माणका क्रममा भएको दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । सुनछहारी गाउँपालिका वडा नम्बर ३ स्थित गाम भन्ने स्थानमा झोलुंगे पुल निर्माणकै क्रममा खाल्डो खन्ने क्रममा माथिबाट पर्खाल भत्किएर पुरिँदा ५ जनाको मृत्यु भएको सोही गाउँपालिकाकी उपाध्यक्ष ननकला घर्तीले बताइन् ।
मौलाबाङ र बाहिरी जोड्न झोलुङ्गे पुल निर्माणको काम चलिरहेको थियो । आइतबार बिहान करिब ९:५० बजे टेवा पर्खाल भत्किँदा पाँच जनालाई पुरेको थियो ।
उनका अनुसार घटनामा दुई जना घाइते समेत भएका छन् । मृत्यु हुनेमा दुजमान परियार, ओम परियार, सुवित्रा परियार, आइती परियार र देवीराम परियारको मृत्यु भएको छ ।
प्रतिक्रिया