नेपालले बंगलादेशलाई दियो १४२ रनको लक्ष्य

नेपालले बंगलादेशलाई दियो १४२ रनको लक्ष्य



काठमाडौं । यू-१९ एसिया कपमा नेपालले बंगलादेशलाई १४२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

आइतबार युएईको दुबई अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेललमा नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाउँदै १४१ रन बनाएको हो ।

बंगलादेशले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको थियो ।

नेपालका लागि आकाश त्रिपाठीले सर्वाधिक ४३ रन बनाए । उत्तम मगर र अभिषेक तिवारीले २९-२९ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

बंगलादेशका अल फहद, इक्बाल हुसैन इमोन, रिजान हुसैनले २-२ विकेट लिए ।

शुक्रबारदेखि सुरू भएको एसिया कपको पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित भएको थियो । सेमिफाइनलमा पुग्नका लागि नेपाललाई आजको खेल जित्न जरूरी छ ।

समूह चरणकै खेलमा बंगलादेशले अफगानिस्तानलाई ४५ रनले पराजित गरेको थियो । नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेल अफगानिस्तानसँग मंगलबार खेल्नेछ ।