काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न नेपाल आएका भारतीय चर्चिच क्रिकेटर शिखर धवनले आइतबार पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।
धवन कर्णाली याक्सबाट एनपिएल खेल्दै छन् । कर्णाली याक्सले धवनलाई प्रतिखेल ३० हजार अमेरिक डलरमा अनुबन्ध गरेको खुलासा गरेको छ ।
पशुपति दर्शनका लागि धवनसहित कर्णाली याक्सका कप्तान सोमपाल कामी, प्रशिक्षक ज्ञानेन्द्र मल्ल, गुल्शन झा र फेस अफ कर्णाली याक्स स्वस्तिमा खड्कालगायत मन्दिर पुगेका थिए ।
प्रतिक्रिया