काठमाडौँ । आन्तरिक तर्फको हवाई भाडा बढेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बुधबारदेखि लागू हुने गरी हवाई भाडा बढाएको जानकारी दिएको हो ।
क्यानका अनुसार नेपाल आयल निगमले मंसिर १५ गते हवाई इन्धनको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएसँगै आन्तरिक हवाई भाडा वृद्धि भएको हो ।
विराटनगर-धनगढीको भाडा १२५ रुपैयाँले बढ्दा काठमाडौँ-धनगढीको भाडा ९० रुपैयाँले बढेको छ । पोखरा-भद्रपुरको भाडा ८० रुपैयाँले बढेको छ । त्यस्तै, विराटनगर-भैरहवा ८० रुपैयाँ, काठमाडौँ-सिमराको भाडा १५ रुपैयाँ, काठमाडौँ-विराटनग ५० रुपैयाँ, काठमाडौँ-पोखरा ३० र काठमाडौँ-भैरहवा ४० रुपैयाँले भाडा बढेको क्यानले जनाएको छ ।
प्रतिक्रिया