१६ अंकले घट्यो नेप्से

१६ अंकले घट्यो नेप्से



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार १५.९३ अंकले घटेको छ । घटेको बजारमा परिसूचक २७३४.९३ बिन्दुमा ओर्लिएको छ ।

यो सातामा समग्रमा परिसूचकमा १४ अंकको गिरावट देखिएको छ । अघिल्लो साता बजार बन्द हुँदा परिसूचक २७४८ बिन्दुमा थियो । यो आइतबार बजार १० अंकले घट्यो । सोमबार २० अंकले बढ्यो भने मंगलबार १८ अंकले उक्लियो । बुधबार र आज बिहीबार भने बजार घट्यो । हिजो बुधबार २५ अंकले घट्दै परिसूचक २७५० बिन्दुमा थियो ।

आज कारोबार भएकामध्ये ४० कम्पनीको मूल्य बढेको छ । २०१ कम्पनीको मूल्य घटेको छ भने तीन कम्पनीको स्थिर रह्यो । बिहीबार ८ अर्ब ३६ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आज खानीखोला हाइड्रोपावर, सुपरमादी हाइड्रो र मानुषी लघुवित्तको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ ।

कारोबार रकमका हिसाबले आज नेपाल फाइनान्स कम्पनी शीर्ष नम्बरमा रह्यो । यसको ४२ करोड १९ लाख ३९ हजारको कारोबार भएको छ । बिहीबार व्यापार उपसमूहको सूचक ३.६७ प्रतिशतले बढ्यो । जीवन बिमा कम्पनीको ०.७९ प्रतिशतले बढ्दा अन्य सबै उपसमूहको सूचक भने घटेको छ ।