पत्रकार महासंघद्वारा बेलायत शाखाको अधिवेशन खारेज

पत्रकार महासंघद्वारा बेलायत शाखाको अधिवेशन खारेज


ग्लोब नेपाल
216
Shares

काठमाडौं । नेपाल पत्रकार महासंघद्वारा बेलायत शाखाको अधिवेशन खारेज गरेको छ । नेपाल पत्रकार महासंघकी कार्यवाहक अध्यक्ष बाला अधिकारीले विहीवार शाखामा पत्राचार गर्दै नेपाल पत्रकार महासंघ बेलायतको गत जुलाई महिनामा स्थगित अधिवेशनपछि सबै गतिविधिहरु नेपाल पत्रकार महासंघको विधान विपरित भएको बताउँदै नयाँ समितिका नाममा कुनै गतिविधि नगर्न पनि निर्देश गरेकी छन् ।

महासंघको पत्रमा नेपाल पत्रकार महासंघको मिति २०८१ जेठ २३ गते नेपाल पत्रकार महासंघ युकेसहित सबै वैदेशिक शाखाका अधिवेशन र नयाँ सदस्यता वितरण गर्ने कार्य स्थगित गर्न परिपत्र गरेको रेकर्ड केन्द्रीय समितिमा रहेको उल्लेख छ।

यसअघि महासंघको निर्देशन विपरित गत जुलाई १४ तारिख एउटा समूहले छुट्टै महाधिवेशन घोषणा गरेर विमला सेने अध्यक्ष भएको दावी गरेपछि विवाद उत्पन्न भएको थियो ।

पत्रकार महासंघ केन्द्रीय समितिले अधिवेशन स्थगित गरेपछि पनि शाखामा नयाँ अधिवेशन भएको, शाखाका केही पूर्व पदाधिकारी तथा सदस्यहरुले संस्थामा समानान्तर गतिविधि गरेको, समाचार लेखेका आधारमा सदस्यहरुलाई स्पष्टिकरण सोध्ने लगायत विधान विपरितका कार्य गरेको भन्ने उजुरी महासंघमा परेको थियो ।

महासंघले शाखाका सदस्यता हटाउने अधिकार केन्द्रीय समितिमा मात्र रहेको स्मरण गराउँदै सदस्यता लगायतका विवाद हल गरी शाखासँग समन्वय गरेर स्थगित भएको अधिवेशनको नयाँ तोकिने समेत पत्रमा उल्लेख गरेको छ ।

नेपाल पत्रकार महासंघ बेलायत शाखाको अधिवेशन स्थगित भएकाले नयाँ समितिका नाममा नेपाल पत्रकार महासंघको विधान विपरितका कुनै गतिविधि नगर्न पनि निर्देश गरेको छ ।