विवाहपञ्चमीको अवसरमा ३४ जोडीको सामूहिक विवाह

विवाहपञ्चमीको अवसरमा ३४ जोडीको सामूहिक विवाह



जनकपुरधाम । विवाहपञ्चमी महोत्सवको अवसरमा धनुषाको जनकपुरधाममा ३४ जोडीको सामूहिक विवाह सम्पन्न भएको छ । सीताराम विवाहपञ्चमी महोत्सवको अवसरमा विश्व हिन्दु परिषद् नेपालको आयोजनामा ३४ जोडीको सामूहिक विवाह सम्पन्न गरिएको हो । उनीहरुको सम्पूर्ण वैवाहिक खर्च परिषद्ले व्यवस्थापन गरेको छ ।

परिषद्का जनकपुर अध्यक्ष सन्तोष साहका अनुसार २० वर्ष पुगेको नागरिकता वा जन्मदर्ताको आधारमा उनीहरुलाई विवाहमा सहभागी गराइएको थियो । सामूहिक विवाह कार्यका लागि आर्थिक सहयोग सङ्कलन गरी खर्च जुटाउने गरिएको छ ।