भारतसँगको दोस्रो टेष्ट क्रिकेटमा अष्ट्रेलिया १० विकेटले विजयी

भारतसँगको दोस्रो टेष्ट क्रिकेटमा अष्ट्रेलिया १० विकेटले विजयी



काठमाडौं । भारतसँगको दोस्रो टेष्ट क्रिकेटमा अष्ट्रेलिया १० विकेटले विजयी भएको छ । भारतले दिएको १८ रनको लक्ष्य अष्ट्रेलियाले कुनै पनि विकेट नगुमाई भेटाएको हो ।

पहिलो पारीमा एक सय ५७ रनले पछि परेको भारतले दोस्रो पारीमा एक सय ७५ रनमा अलआउट भएपछि अष्ट्रेलियाले जम्मा १८ रनको लक्ष्य पाएको थियो ।

दोस्रो पारीमा भारतलाई एक सय ७५ रनमा अलआउट गर्न अष्ट्रेलियाका प्याट कमिन्सले पाँच, स्कट बोलान्डले तीन र मिचेल स्टार्कले दुई विकेट लिए ।

यसअघि पहिलो पारीमा ट्रेभिस हेडको एक सय ४० रन मद्दतमा अष्ट्रेलियाले तीन सय ३७ रन बनाएको थियो । पहिलो खेल भारतले जितेको थियो, दोस्रो खेल अष्ट्रेलियाले जितेसँगै चार खेलको शृङ्खला एक-एकको बराबरीमा आएको छ ।