४६ अंकले घटेर शेयर बजार राताम्मे, ७ अर्ब ४६ करोडको कारोबार

४६ अंकले घटेर शेयर बजार राताम्मे, ७ अर्ब ४६ करोडको कारोबार



काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार झण्डै ४६ अंकले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्स आज ४५ दशमलव ९३ अंकले घटेर दुई हजार छ सय ८९ विन्दुमा झरेको हो ।

आज सबै समूहको शेयर घटेको छ । मानुषी लघुवित्त, लाइफ इन्सुरेन्स कर्पोरेशन नेपाल, जोशी हाइड्रोपावर र सामुदायिक लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भएको दिन आज खानीखोला हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज एक करोड ७३ लाख ९२ हजार कित्ता शेयर सात अर्ब ४६ करोड रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको ३२ करोड ६४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।