वीरेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले देशमा स्थायित्व र विकासको गति अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाली कांग्रेस सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा गृहमन्त्री लेखकले सरकारले जनतालाई अनुभूति हुने गरी काम गरिरहेको दाबी गरे ।
देशमा स्थायी सरकार आवश्यक परेका कारण दुई ठूला दलको गठबन्धनको सरकार बनेको लेखकले तर्क गरे । वर्तमान सरकारको मुख्य उद्देश्य देशमा स्थायित्व, विधिको शासन कायम गर्दै भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्नु रहेको उनको भनाइ छ ।
‘देशमा विशेष किसिमका समस्या देखा पर्छन् । त्यस्तो बेलामा ठूला दल मिलेर राष्ट्रिय एजेन्डालाई सम्बोधन गर्ने गरेका छौँ,’ गृहमन्त्री लेखकले भने, ‘मुलुकमा अस्थिरता, अराजकता हुन थाल्यो । गएको डेढ वर्षमा सम्मानीय प्रधानमन्त्रीले दुई/दुई महिनामा संसदमा गएर विश्वासको मत लिनुपर्ने अवस्था आयो ।’
प्रतिक्रिया