सिमेन्टको मूल्य घटाउने उद्योगी र निर्माण व्यवसायी महासंघबीच सहमति

सिमेन्टको मूल्य घटाउने उद्योगी र निर्माण व्यवसायी महासंघबीच सहमति



काठमाडौं । बुधबार निर्माण व्यवसायी महासंघ र सिमेन्ट उत्पादक संघबीच उद्योग मन्त्रालयमा भएको छलफलमा सिमेन्टको मूल्य घटाउने सहमति भएको छ । मन्त्रालयमा भएको छलफलमा मूल्य घटाउने सहमति भएको निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले जानकारी दिए ।

छलफलपछि सञ्चारकर्मीसँग बोल्दै अध्यक्ष सिंहले काठमाडौं उपत्यकामा ओपिसी सिमेन्ट सात सय रुपियाँमा उपलब्ध गराउने सिमेन्ट व्यवसायीले प्रतिबद्धता गरेको बताए । उनका अनुसार काठमाडौं उपत्यकामा अब ६ सय रुपियाँमा पिपिसी सिमेन्ट उपलब्ध हुनेछ । आफूले सिमेन्ट उद्योगी धराशायी हुने गरेर बजार भाउ नघटाउन र निर्माण व्यवसायीलाई मार पर्नेगरी नबढाउन सुझाव दिएको सिंहको भनाइ छ ।

सिमेन्ट उत्पादक सङ्घले नयाँ मूल्यसूची छिट्टै कार्यान्वयन गर्ने सिंहले विश्वास व्यक्त गरे ।