परराष्ट्रमन्त्री राणाविरुद्ध बेल्जियममा प्रदर्शन

परराष्ट्रमन्त्री राणाविरुद्ध बेल्जियममा प्रदर्शन


ग्लोब नेपाल
297
Shares

लुभेन । युरोप भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाबिरुद्ध बेल्जियममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् । नेपाल जनसम्पर्क समिति बेल्जियमको कार्यक्रमको सिलसिलामा भाग लिन लुभेन पुगेकी परराष्ट्रमन्त्री देउवाले ज्ञापनपत्र बुझ्न नमानेपछि रास्वपाका कार्यकर्ता कार्यक्रमस्थल बाहिर विरोध प्रदर्शन गरेका हुन् ।

रास्वपा प्रदेश विभाग बेल्जियमका उपसंयोजक रमेश कंडेलका अनुसार, मन्त्री देउवालाई ज्ञापनपत्र बुझाउन पुगेको रास्वपाको टोलीलाई भेट्न नमानेपछि कार्यक्रम स्थलमा प्लेकार्डसहित प्रर्दशन गरिएको छ। कंडेलका अनुसार, पार्टीका कार्यकर्ताहरूले आफूले बुझाउन चाहेको ज्ञापनपत्र मन्त्रीलाई नदिएको प्रति विरोध जनाउन कार्यक्रम स्थलमा विरोध प्रदर्शन गरेको बताए।

प्रर्दशनीमा एनआरएनए बेल्जियमकी सभापति सीता सापकोटा प्यानलका उपहासचिव राजेन्द्र कार्कीको सहभागिता थियो । कांग्रेस संस्थापनइतरकी सापकोटाले एनआरएनए बेल्जियमकी महासचिव रविना शर्मालाई बाइपास गरेर उपमहासचिव कार्कीमार्फत् संगठनको गतिविधि गर्दै आएकी छन् ।

मन्त्री देउवा कार्यक्रममा सहभागी भैरहेको बेला, कार्यक्रम स्थल बाहिर प्रर्दशनकारीहरूले ‘भ्रष्टाचारीविरुद्ध एकजुट हौं’, ‘सहकारी पीडितलाई न्याय दे’, ‘लोकतन्त्र जिन्दावाद’, ‘गिरिबन्धु भुटानी शरणार्थी टेरामेक्स वाईडवडी काण्ड छानविन गर’, ‘भ्रष्टाचारी ओली सरकार मुर्दावाद’ लगायतका लेखेका प्लेकार्ड प्रदर्शन गरेका थिए।