काठमाडौं । चालु खाता एक खर्ब ४३ अर्ब ४२ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ९७ अर्ब १० करोड रुपैयाँले बचतमा थियो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको चार महिनाको तथ्यांक अनुसार अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७३ करोड ६ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ६ करोडले बचतमा रहेको छ ।
यस अवधिमा खुद पुँजीगत ट्रान्सफर २ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १ अर्ब ५९ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा ५ अर्ब ७६ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक (ईक्विटि मात्र) लगानी भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक (ईक्विटि मात्र) लगानी आप्रवाह ३ अर्ब ६५ करोड रुपैयाँ रहेको थियो ।
त्यसैगरी गत कात्तिकसम्ममा मुलुकको शोधनान्तर स्थिति २ खर्ब ५ अर्ब ८३ करोडले बचतमा छ । गत वर्षको सोही अवधिमा १ खर्ब ५० अर्ब २४ करोडले शोधनान्तर स्थिति बचतमा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ५३ करोडले बचतमा रहेको छ । यस्तै, गत कात्तिकसम्म चालु खाता १ खर्ब ४३ अर्ब ४२ करोडले बचतमा रहेको छ । गत वर्षको सोही अवधिमा चालु खाता ९७ अर्ब १० करोड रुपैयाँले बचतमा थियो ।
अमेरिकी डलरमा गत वर्षको पहिलो चार महिनामा ७३ करोड ६ लाखले बचतमा रहेको चालु खाता यस वर्षको सोही अवधिमा १ अर्ब ६ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया