काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देललाई भारतीय राष्ट्रपति द्रोपदी मुर्मुले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेकी छिन् ।
भारतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति सिग्देललाई बिहीबार राष्ट्रपति भवनमा आयोजित विशेष कार्यक्रममा उक्त दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।
नेपाल–भारतबीचको देशबीचको सैनिक सम्बन्धको निरन्तरता स्वरुव दुवै देशले दुवै देशका प्रधानसेनापतिलाई मानार्थ सेनापतिको दर्जा प्रदान गर्ने परम्परा छ ।
गत ६ मंसिरमा भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदी नेपाल आउँदा पनि राष्ट्रपति रामचन्द्र पौडेलले मानार्थ महारथी प्रदान गरेका थिए ।
प्रतिक्रिया