गणपूरक संख्या नपुगेपछि अर्थ समितिको बैठक स्थगित

गणपूरक संख्या नपुगेपछि अर्थ समितिको बैठक स्थगित



काठमाडौं । सोमबारका लागि बोलाइएको प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक स्थगित भएको छ । बैठकमा सत्ता पक्षीय सांसदहरूको उपस्थिति न्यून भएपछि बैठकका लागि गणपूरक सङ्ख्या नपुगेको हो ।

आज ११ बजे बोलाइएको बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल गर्ने कार्यतालिका रहेको थियो । बैठकमा अर्थमन्त्रीको समेत उपस्थिति हुने बताइएको थियो ।

१२ जना उपस्थित भए बहुमत पुग्ने थियो तर ११ जना सांसद उपस्थित थिए । नेकपा माओवादीका सांसद गंगा कार्कीले कोरम नपुगी बैठक बसेको प्रति विरोध जनाएपछि स्थगित भएको हो । अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिइएको छ ।