हैदाराबाद । अल्लु अर्जुनको ‘पुष्पा २’ को प्रिमियरमा फ्यानको मृत्युको विषयमा फेरी ठूलो खबर बाहिर आएको छ । तेलंगाना पुलिस अधिकारीहरूले अब यस मामलामा अभिनेता अल्लु अर्जुनलाई दिइएको अन्तरिम जमानतलाई चुनौती दिन सर्वोच्च अदालतमा जाने संकेत गरेका छन् ।
हैदरावादको सन्ध्या थिएटरमा ‘पुष्पा २ः द रुल’ को स्क्रिनिङका क्रममा एक महिलाको मृत्यु भएको मामिलामा गत १३ डिसेम्बरमा अल्लु अर्जुनलाई पक्राउ गरिएको थियो। गत ४ डिसेम्बरमा फिल्मको प्रिमियरको क्रममा अल्लु अर्जुन र संगीत निर्देशक देवी श्री प्रसादको अचानक आगमन पछि हैदराबादको सन्ध्या थिएटरमा ठूलो भीड जम्मा भएको थियो। उक्त भागदौडका क्रममा थिएटरको मुख्य गेट भत्किँदा अराजकता मच्चिएको थियो । दुर्घटनामा ३५ वर्षीया महिलाको मृत्यु भएको छ भने उनका ९ वर्षीय छोरा गम्भीर घाइते भएका थिए ।
सोही केसमा उनलाइ पक्राउ गरिएको थियो । स्थानिय अदालतले १४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिए पनि तेलङना उच्च अदालतले उनलाइ ५० हजारको व्यक्तिगत धरौटीमा ४ हप्ताको लागि अन्तरिम जमानत दिएको थियो । सोको बिरूद्द स्थानिय प्रहरी पुनः सर्वोच्च अदालत जान लागेको भारतीय मिडियाले उल्लेख गरेका छन ।
अभिनेताले आफ्ना वकिलको सहयोगमा उच्च अदालतमा जमानतको निवेदन दिएका थिए । उनलाई ५० हजारको व्यक्तिगत धरौटीमा ४ हप्ताको लागि अन्तरिम जमानत दिइए पनि कागजी काममा ढिलाइका कारण अल्लु अर्जुनले एक रात प्रहरी चौकीमा बिताउनु परेको थियो भने शनिबार बिहान उनी रिहा भएका थिए ।
जमानत पाएपछि अल्लु अर्जुनको सो घटनाका बारेमा बयान दिएका छन । उनले सो घटनालाई ‘धेरै दुर्भाग्यपूर्ण’ भनेका छन । तेलुगु सुपरस्टारले एक विज्ञप्तिमा भने, ‘म सबैलाई धन्यवाद दिन्छु, यो घटना धेरै दुर्भाग्यपूर्ण थियो, हामी जे भए पनि धेरै दुःखी छौं, हाम्रो विचार परिवारसँग छ, यो कसैलाई नहोस् भनेर म समर्थन गर्न तयार छु परिवार हरेक हिसाबले, म सबैप्रति आभारी छु।’ उनले उचित समयमा पीडित परिवारलाइ भेटने प्रतिबद्दता पनि जनाएका छन ।
प्रतिक्रिया