शेयर बजार परिसूचक सामान्य घट्याे

शेयर बजार परिसूचक सामान्य घट्याे



काठमाडौं । शेयर बजार आज सामान्य घटेकाे छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ६० अंकले घटेर दुई हजार ६ सय २८ दशमलव २६ विन्दुमा झरेको छ ।

आज फाइनान्स, लघुवित्त र व्यापार बाहेक सबै समूहको शेयर घटेको छ । आज कुथेली बुखारी जलविद्युत् कम्पनीको शेयर झन्डै १० प्रतिशतले घटेकाे छ । समग्रमा बजार घटेको दिन उपकार लघुवित्त र स्मार्ट लघुवित्तको शेयर भने १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

आज कारोबार रकम पनि घटेको छ । हिजो चार अर्ब ३४ करोडकाे शेयर किनबेच भएकोमा आज तीन सय १४ वटा कम्पनीका ८१ लाख ४७ हजार कित्ता शेयर चार अर्ब २७ करोड रुपैयाँमा कारोबार भयो ।