यो वर्ष धेरै चिसो नहुने मौसम पूर्वानुमान

यो वर्ष धेरै चिसो नहुने मौसम पूर्वानुमान



काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले यो वर्ष हिउँदमा सरदरभन्दा चिसो कम हुने पूर्वानुमान गरेको छ ।

मौसमविद् सञ्जिव अधिकारीले तीन महिनाको हावापानीबारे जानकारी दिँदै यो वर्ष अघिल्लो वर्षभन्दा धेरै चिसो नहुने पूर्वानुमान गरिएको बताएका हुन् ।

मौसमविद् अधिकारीले भने, “यो हिउँदमा सरदरभन्दा चिसो कम हुने अनुमान गरिएको छ। तीन महिनाको समग्र हावापानीको कुरा गर्नुपर्दा औसतभन्दा अलिकति कम चिसो हुने पूर्वानुमान छ। ”

बुधबार जुम्लाको तापक्रम माइनस ५ डिग्री सेल्सियसमा झरेको छ । काठमाडौं उपत्यकामा पुस ४ गतेसम्म न्युनतम तापक्रम दुई डिग्री सेल्सियसम्म मात्र पुगेको छ ।

उका अनुसार हिउँदयाममा धेरै हिउँ पर्नुपर्ने भए पनि यो वर्ष पश्चिमी वायुको प्रभाव बढी हुँदा चिसो कम हुने देखिएको हो ।