काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापिट निर्माण र अन्तर्राष्ट्रियस्तरकै फ्लडलाइट जडानका लागि बोलपत्र आह्वान भएको छ ।
शहरी विकास मन्त्रालय अन्तर्गतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले आज सूचना निकालेर बोलपत्र आह्वान गरेको हो । बोलपत्रका लागि आउँदो माघ ६ गते दिउँसो १२ बजेसम्म दरखास्त दिइसक्नुपर्नेछ । बोलपत्र त्यही दिन दिउँसो साढे १ बजे खोलिने सूचनामा उल्लेख छ ।
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट जडानका लागि यसअघि दुई पटक बोलपत्र आह्वान भएकोमा दुवै पटक रद्द भएको थियो ।
प्रतिक्रिया