सर्लाही । ईश्वरपुर नगरपालिकाको ईश्वरपुर बेला माध्यमिक विद्यालय, रामनगर मनहर्वामा नयाँ विद्यालय भवन निमार्ण हुन लागेको छ। विद्यालयको पश्चिमपट्टिको पुरानो ठूलो जस्ताको छाना भएको भवन भत्काएर ८ कोठे पक्की भवन निर्माण गरिने भएको छ। यस भवनमा ४ कोठा तल र ४ कोठा माथि हुनेछन्।
ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्यले जानकारी दिँदै भने, “नयाँ भवनको निमार्ण कार्य शुक्रबारदेखि सुरु गरिएको हो।” नयाँ विद्यालय भवनको लागि नगरपालिकाले एक करोड नब्बे लाख रकम विनियोजन गरेको छ। यो परियोजना मेयर आचार्यको विशेष पहलमा अघि बढेको हो।
विद्यालयबाट लाभान्वित हुने ईश्वरपुर नगरपालिकाका वडान ८, ९, १०, ११ र हरिपुर नगरपालिका ५ का स्थानीय जनताले मेयर आचार्यप्रति आभार व्यक्त गरेका छन्। नयाँ भवन निर्माणले विद्यालयको शैक्षिक वातावरण सुधार्न र विद्यार्थीहरूको सुविधा बढाउन मद्दत पुर्याउने छ।
प्रतिक्रिया