काठमाडौं । काठमाडौँमा आज देखी सञ्चार र मिडियासम्बन्धी सम्मेलन हुने भएको छ । त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग र सेन्टर फर मिडिया रिसर्च नेपालको आयोजनामा आजबाट दुई दिने सो सम्मेलन हुन लागेको हो ।
सम्मेलनमा पत्रकारिता, मिडिया र सञ्चारसँग सम्बन्धित एक दर्जनभन्दा बढी अनुसन्धान प्रस्तुत गरिदैँछ ।
सम्मेलनमा भारत, बङ्गलादेश र श्रीलङ्काका विज्ञहरूको प्रस्तुति रहनेछ । यस सम्मेलनमा कृत्रिम बौद्धिकता युगमा मिथ्या सूचना विरुद्धको लडाइ, मिडिया र भ्रष्टाचार, पत्रकारिताको भविष्य, मिडिया र राज्यको सम्बन्ध, पत्रकारिताको दिगोपनाबारे सम्बन्धित क्षेत्रका विज्ञ, पत्रकार र अनुसन्धानकर्ताहरूबीच छुट्टाछुट्टै संवाद गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया