रवि लामिछानेलाई निलम्बन गर्न संसद् सचिवालयमा पत्र

रवि लामिछानेलाई निलम्बन गर्न संसद् सचिवालयमा पत्र



पोखरा । सम्पत्ति शुद्धीकरणसहित ३ कसुरको मुद्दा दर्ता भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको सांसद पद निलम्बन गर्न पत्र संसद सचिवालयमा पुगेको छ ।

सम्पत्ति शुद्धीकरण निवारण ऐनमा सम्पत्ति शुद्धीकरणको मुद्धा अदालतमा प्रवेश गरेसँगै रविको सांसद पद स्वत निलम्बल हुने व्यवस्था छ । आइतबार साँझ कास्की प्रहरीले लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणमा अभियोगपत्र दर्ता भएको जानकारी संसद् सचिवालयलाई पठाएको हो ।

“प्रचलित कानूनबमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐनबमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिनेछ,” ऐनमा व्यवस्था छ ।