रवि लामिछानेसहित पाँच जनाको जिल्ला अदालत कास्कीमा बयान

रवि लामिछानेसहित पाँच जनाको जिल्ला अदालत कास्कीमा बयान



काठमाडौं । सहकारी ठगीको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच जनाको जिल्ला अदालत कास्कीमा बयान शुरु भएको छ । न्यायाधीस नितिज राईको इजलाशमा रविसहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जीबी राईका साझेदार नेचर हब्र्सका रामबहादुर खनाल, लिला पछाइँ र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरूङको बहस शुरु भएको हो ।

हिजो उनीहरुविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो । बयान सक्न एक, दुई दिन लाग्ने र त्यसपछि थुनछेकको बहस हुने जिल्ला अदालतले जनाएको छ । थुनछेक बहसपछि न्यायाधीशले थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्ने विकल्पमध्ये एउटा निर्णय गर्नेछन् ।

सोमबार छविलाल जोशीको बयान सुरु भएको छ । बयान नसकिएकाले मंगलबार पनि जारी रहने कास्की जिल्ला अदालतका एक अधिकारीले जानकारी दिए ।

छविलालको बयान सकिएपछि मात्रै अन्यको बयान सुरु हुनेछ ।