संखुवासभामा यो वर्ष ३४ करोड रुपैयाँभन्दा धेरै मूल्यको सुन्तला बिक्री

संखुवासभामा यो वर्ष ३४ करोड रुपैयाँभन्दा धेरै मूल्यको सुन्तला बिक्री



संखुवासभा । संखुवासभामा यो वर्ष ३४ करोड रुपैयाँभन्दा धेरै मूल्यको सुन्तला बिक्री भएको छ । सुन्तला उत्पादन बढेसँगै कारोबारमा पनि वृद्धि भएको हो । यो वर्ष अहिलेसम्म ३४ करोड ८५ लाख रुपैयाँको सुन्तला बिक्री भएको कृषि ज्ञान केन्द्रका प्रमुख छत्र विश्वकर्माले यावदले जानकारी दिए ।

पछिल्लो केहीवर्षयता उत्पादनमा निरन्तर ओरालो लागेकामा यस वर्ष भने वृद्धि भएको उनको भनाइ छ । संखुवासभामा स्थानीय जातका सुन्तला उत्पादन हुन्छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाई सुन्तला जोन लागू भई किसानलाई प्रोत्साहन कार्यक्रममार्फत सहयोग पुर्‍याएपछि उत्पादन बढ्दै जान थालेको हो ।

सङ्खुवासभामा गएको वर्ष १९ करोड ९३ लाख रुपैयाँको सुन्तला बिक्री भएकामा यसवर्षको अहिलेसम्म्म ३४ करोड रुपैयाँभन्दा धेरैको कारोबार भइसकेको छ । तीन हजार चार सय ८५ मेट्रिकटन सुन्तला उत्पादन भएको यादवले जानकारी दिए । उत्पादन भएको सुन्तला बगानबाटै प्रतिकिलो एक सय रुपैयाँमा बिक्री भइरहेको छ ।