काठमाडौं । अन्डाको मूल्य एक हप्तामै दुईपटक बढाइएको छ । भोलिदेखि लागु हुने गरी ठूलो र मिडियम साइजको अन्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँले बढाइएको हो ।
नेपाल लेयर्स कुखुरा पालक संघले यसअघि यही पुस ५ गते पनि अन्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँले बढाएको थियो । यही अनुसार एक हप्तामै अन्डाको मूल्य प्रतिक्रेट ३० रुपैयाँ बढेको हो ।
संघका अनुसार, अब चितवनमै मिडियम अन्डाको मूल्य प्रतिक्रेट ५०० रुपैयाँ पर्नेछ । त्यस्तै, ठूलो अन्डाको मूल्य प्रतिक्रेट प्रतिक्रेट ५१४ रुपैयाँ २९ पैसा पर्नेछ ।
पुस ५ गते मिडियम अन्डाको मूल्य प्रतिक्रेट ४८५ रुपैयाँ र ठूलो अन्डाको मूल्य ५०० रुपैयाँ कायम गरिएको थियो ।
प्रतिक्रिया