काठमाडौं । यामाहा नेपालले क्रिसमस र नयाँ वर्षको अवसर पारेर आफ्नो विशेष वित्तीय योजना ‘Dream It, Own It’ सार्वजनिक गरेको छ । याे योजनाले ग्राहकहरूलाई केवल ७.९९% को न्यून ब्याजदरमा आफ्नो सपनाको यामाहा मोटरसाइकल वा स्कुटर किन्न उत्कृष्ट अवसर प्रदान गरेकाे छ । यो सीमित अवधिको योजना २०७९ पुष १० (२०२४ डिसेम्बर २५) देखि लागु हुनेछ ।
‘Dream It, Own It’ योजना सबै यामाहा मोटरसाइकल र स्कुटरहरूमा (शर्तहरू सहित) उपलब्ध हुनेछ । ग्राहकहरूले कम्तिमा ४०% डाउन पेमेन्ट र लचिलो किस्ताबन्दी योजनाहरूको फाइदा लिई सजिलैसँग यामाहालाई आफ्नो घर ल्याउन सक्नेछन् । साथै, यस योजनाले सरल कागजी प्रक्रिया र रुचि अनुसारको ई.एम.आई. योजना रोज्ने सुविधा प्रदान गरेकाे छ ।
यस योजनासँगै, यामाहा नेपालले ‘Test Ride & Win’ अभियान पनि ल्याएको छ। यस अभियान अन्तर्गत हरेक ग्राहकले यामाहा टेष्ट राइडमा सहभागी भएर निश्चित उपहारहरू पाउनेछन् र लक्की ड्र मार्फत् आकर्षक उपहारहरू जित्ने अवसर पनि प्राप्त गर्नेछन् ।
एमएडब्लु राइड्सका कार्यकारी निर्देशक एवं सीईओ श्री दीपक कुमार अग्रवालले यस योजनाको बारेमा खुसी व्यक्त गर्दै भने, “‘Dream It, Own It’ वित्तीय योजना मार्फत् हामीले ग्राहकहरूका लागि यामाहा मोटरसाइकल र स्कुटरहरू अझ पहुँचयोग्य बनाउने लक्ष्य राखेका छौँ । यामाहाको उत्कृष्ट प्रदर्शन, भरपर्दो गुणस्तर र १० वर्षे वारेन्टीसहितको प्रतिबद्धताले १५ वर्षदेखिको एफ.आई. नेतृत्वलाई सशक्त बनाउँदै ग्राहकहरूलाई अनुपम सवारी अनुभव प्रदान गर्नेछ ।”
यो पहलले यामाहाको ग्राहक सन्तुष्टिप्रतिको समर्पणलाई प्रस्ट्याउँदै ग्राहकहरूलाई यामाहाको प्रविधि र प्रदर्शनलाई प्रत्यक्ष अनुभव गर्न प्रोत्साहित गर्दछ ।
यामाहा नेपाल, एमएडब्लु इन्टरप्राइजेजको सहायक कम्पनी हो, जसले नेपाली बजारमा उच्च-गुणस्तर, भरपर्दो र स्टाइलिश दुई-पांग्रे सवारी साधनहरू उपलब्ध गराउँदै आएको छ। दशकौँदेखि स्थापित यामाहा विश्वभर मोटरसाइकल उद्योगमा अग्रस्थानमा रहेको छ ।
प्राविधिक उत्कृष्टता, नवीनता र ग्राहक सन्तुष्टिप्रति अटल प्रतिबद्धता बोकेको यामाहा नेपालले प्राविधिक उत्कृष्टता, नवीनता र ग्राहक सन्तुष्टिप्रति अटल प्रतिबद्धता बोकेको यामाहा नेपालले पहिलो पटक एफ.आई. मोटरसाइकल र स्कुटर नेपालमा प्रस्तुत गरेको हो र हाल यामाहा १०० भन्दा बढी एफ.आई. स्टेसनहरू भएको एक मात्र कम्पनी हो ।
यामाहा नेपाल देशको दोस्रो ठूलो अटोमोबाइल कम्पनी हो जसको १०० भन्दा बढी आधिकारिक डिलर आउटलेटहरू रहेका छन् ।
प्रतिक्रिया