नयाँ वर्षलाई स्वागत गर्दै आज तमु ल्होसार मनाइयाे

नयाँ वर्षलाई स्वागत गर्दै आज तमु ल्होसार मनाइयाे



काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज तमु ल्होसार मनाइरहेका छन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउने गर्छन् ।

गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ गते यो पर्व मनाउने गरिएको किंवदन्ती छ । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

तमु ल्होसारको अवसरमा काठमाडौंमा गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय कार्यसमितिले विशेष कार्यक्रमकाे आयाेजना गरेकाे छ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।