नेप्से ५ अंकले बढ्यो, कारोबारमा गिरावट

नेप्से ५ अंकले बढ्यो, कारोबारमा गिरावट



काठमाडौं । बुधबार सेयर बजार परिसूचक (नेप्से) ५ अंकले बढेको छ । बजार सामान्य अंकले बढ्दा परिसूचक २५८१.६० बिन्दुमा पुगेको छ ।

परिसूचकमा सामान्य अंकको वृद्धि देखिए पनि बुधबार कारोबार रकम भने घटेको छ । बुधबार कुल ३०५ कम्पनीको ९४ करोड ३४ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ५९ करोड ७४ लाख रुपैयाँको कारोबार भएको छ । मंगलबार ५ अर्ब ६१ करोडको कारोबार भएको थियो ।

बुधबार १५० कम्पनीको मूल्य बढेको छ । त्रिशूली जलविद्युत् कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्यो । आत्मनिर्भर लघुवित्त लगायत चार कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लाग्यो । सपोर्ट माइक्रोफाइनान्सको मूल्यमा बुधबार पनि नकारात्मक सर्किट लाग्यो ।

बुधबार फाइनान्स कम्पनीतर्फ लगानीकर्ता आकर्षित देखिए । जसले गर्दा यो समूहको सूचक ३.८७ प्रतिशतले बढ्यो । विकास बैंक समूह १.६८ र जलविद्युत् समूह १.२४ प्रतिशतले बढेको छ ।