छोरी पञ्चमीलाई डेब्यु गराउँदै तुलसी घिमिरे

छोरी पञ्चमीलाई डेब्यु गराउँदै तुलसी घिमिरे


ग्लोब नेपाल
378
Shares

काठमाडौं । भेट्रान निर्देशक तुलसी घिमिरे फिल्म ‘पहाड’बाट सात वर्षपछि पुनरागमनको तयारीमा छन् । फिल्ममा उनले कलाकारको बलियो ‘लाइनअप’ बनाएका छन् । मदनकृष्ण श्रेष्ठ, सुनील थापा, विपिन कार्की, वर्षा राउतको अभिनय रहने निश्चित भैसकेको फिल्ममा थप दुई कलाकार भित्रिएका छन् ।

उनीहरु हुन्, अरुण क्षेत्री र पञ्चमी घिमिरे ।अरुणले ‘महापुरुष’बाट डेब्यु गरेका थिए । पञ्चमी भने निर्देशक घिमिरेकी कान्छी छोरी हुन् ।यसअघि उनले पिताको निर्देशनमा बनेको फिल्म ‘दर्पण छायाँ २’मा सहायक निर्देशकको रुपमा काम गरेकी थिइन् ।

भारतको टेलिसिरियल निर्माण कम्पनी बालाजी टेलिफिल्म्सको एसोसिएट क्रियटिभ हेडको रुपमा समेत काम गरिसकेकी पञ्चमीले ७ वर्षअघिको एक अन्तर्वार्तामा आफूलाई अभिनयभन्दा फिल्म मेकिङप्रति रुचि रहेको जनाएकी थिइन् ।

निर्देशक घिमिरेले कान्छी छोरीलाई अभिनेत्री बनाउँदै गर्दा जेठी छोरी भावना भने ‘पहाड’मा प्रोडक्सन डिजाइनर छिन् । र, उनकी श्रीमती भारती घिमिरेले फिल्मको एक गीतमा स्वर दिएकी छन् ।