नेपालको पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन

नेपालको पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन



काठमाडौं । नेपालको पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन भएको छ । उनको ९१ वर्षको उमेरमा आज बिहान निधन भएको परिवारले जनाएको छ ।

विक्रम संवत् १९९० सालमा भारतमा जन्मिएकी शाहले अमेरिकाको बर्नार्ड कलेज र कोलम्बिया विश्वविद्यालयबाट स्नातक र जोन्स हप्किन्स विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय मामिलामा स्नातकोत्तरसम्म अध्ययन गरेकी थिइन् ।

शाहले २०४५ सालमा भारतका लागि नेपाली राजदूतको जिम्मेवारी लिएकी थिइन् । त्यति बेलासम्म कुनै पनि नेपाली महिलाले राजदूतको जिम्मेवारी पाएका थिएनन् । उनका दुई जना छोरा अनिल केशरी शाह र उज्वल केशरी शाह छन् ।