सेयर बजार परिसूचक ४.६३ अंकले बढ्यो

सेयर बजार परिसूचक ४.६३ अंकले बढ्यो



काठमाडौं । बिहीबार सेयर बजार परिसूचक (नेप्से) ४.६३ अंकले बढेको छ । सामान्य अंकले बढ्दा नेप्से २५८६.२३ बिन्दुममा पुगेको हो ।

बिहीबार ४ अर्ब ६० करोड ३२ लाख ८२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । १०,०८६,७०५ कम्पनीको सेयर खरिद बिक्री भएको छ ।

बुधबार कुल ३०५ कम्पनीको ९४ करोड ३४ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ५९ करोड ७४ लाख रुपैयाँको कारोबार भएको थियो ।

बिहीबार १५६ कम्पनीको सेयर बढेको छ भने ७७ कम्पनीको सेयर घटेको छ । ११ वटा कम्पनीको सेयर स्थिर रहेको छ ।

बिहीबार न्यादी हाड्रोपावर कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसको मूल्य १० प्रतिशतले उकालो लागेको छ ।

यसैगरी विकास बैंकको सेयर सबैभन्दा कारोबार बढेको छ । विकास बैंकको परिसूचक २.४० प्रतिशतले बढेको हो ।