क्रियाशील सदस्यता नवीकरण चैत मसान्तभित्रै सक्न कांग्रेसको निर्देशन

क्रियाशील सदस्यता नवीकरण चैत मसान्तभित्रै सक्न कांग्रेसको निर्देशन



काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणका काम चैत मसान्तभित्र सम्पन्न गर्न निर्देशन दिएको छ ।

महामन्त्री गगन थापाको संयोजकत्वमा रहेकाे क्रियाशील सदस्यता व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले कार्यतालिका बनाएरै चैतभित्र क्रियाशील सदस्यता नवीकरण सक्न मातहत निकायहरूलाई निर्देशन दिने निर्णय गरेको हो ।

यस्तै नयाँ क्रियाशील सदस्यता वितरणका लागि वैज्ञानिक प्रक्रिया अबलम्बन गर्न जातजाति, जनसंख्या, लिंग, पार्टीले प्राप्त गरेको मतको प्रतिशत सन्तुलन हुने गरी प्राविधिक र विज्ञहरूको सहयोगमा समितिले अध्ययन गरी आवश्यक निर्णय लिने भएको छ ।

यस्तै डोल्पामा कार्यवाहक सभापतिमार्फत् क्रियाशील फारम र कार्ड पठाउने निर्णय पनि समितिको छ ।

कांग्रेसमा महामन्त्री थापाको संयोजकत्वमा केन्द्रीय सदस्यहरू सीता गुरूङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली सदस्य रहेको क्रियाशील सदस्यता व्यवस्थापन समिति छ ।