सभापतिलाई अप्ठ्यारो पार्ने गरी सहकारी अध्यादेश ल्याइयोः रास्वपा

सभापतिलाई अप्ठ्यारो पार्ने गरी सहकारी अध्यादेश ल्याइयोः रास्वपा


ग्लोब नेपाल
162
Shares

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आज शनिबार बसेको केन्द्रीय समितिको बैठकले सरकारले ल्याएको सहकारीसम्बन्धी अध्यादेश आफ्नो पार्टीका सभापति रवि लामिछानेलाई अप्ठ्यारो पार्ने गरी ल्याइएको बताएको छ ।

शनिबारबाट सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकले सहकारी सम्बन्धी अध्यादेश र संविधान संशोधनबारे कसरी धारणा राख्ने भन्नेबारे पनि छलफल भएको गणेश कार्कीले जानकारी दिए ।

आज बसेको केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै नेता कार्कीले भने, ‘सहकारीको समस्या समाधान गरेर पीडितलाई न्याय दिने र सहकारी ठगलाई कठघरामा उभ्याउने गरी काम गर्नुपर्ने बेलामा अध्यादेशमार्फत सरकारले आफू र आफू नजिककालाई बचाउने र सहकारीलाई अझ धराशायी बनाउने प्रक्रियामा भूमिका खेलेको छ, ‘रास्वपा सभापतिलाई अफ्ठ्यारो पार्ने गरी मात्रै दफा छिराइएको छ ।’

संविधान संशोधनका बारेमा पनि कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल हुनेछ । साथै, उनले संगठनको भावी रणनीति, संगठनलाई सवलीकरणका बारेमा पनि छलफल भइरहेको पनि जानकारी दिएका छन् ।