निर्माण व्यवसायी संघ इलामको अध्यक्षमा खनाल

निर्माण व्यवसायी संघ इलामको अध्यक्षमा खनाल


ग्लोब नेपाल
108
Shares

इलाम । निर्माण व्यवसायी संघ इलामको अध्यक्षमा डिल्ली खनाल निर्वाचित भएका छन् । संघको २१ औं साधारणसभा तथा १० औं अधिवेशनले अध्यक्षमा खनाललाई सर्वसम्मतले निर्वाचित गरेको हो । समितिको बरिष्ठ उपाध्यक्षमा नवीन तामाङ, उपाध्यक्षमा श्रीजन देवान, महिला उपाध्यक्षमा मञ्जु कार्की र महासचिवमा सुरज अधिकारी, सचिवमा सूर्य कार्की, कोषाध्यक्षमा पुष्कर बुर्जा निर्वाचित भएका छन् ।

संघको सदस्यहरूमा सुप्रिम राई, प्रितम लिम्बु, गञ्जु प्रधान, रोशन महत, ज्ञानबहादुर प्रधान र खगेन्द्र बुढाथोकी निर्वाचित भएका छन भने लेखा समिति संयोजकमा नीलबहादुर चौहान र सदस्यहरूमा जीवन शर्मा र सुरेन भण्डारी निर्वाचित भएका छन् ।