काठमाडौं । सत्तारूढ दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज सोमवार पनि जारी रहनेछ । दुवै दलको बैठक हिजो आइतबारबाट सुरु भएको थियो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि बैठकमा छलफल हुनेछ । यता, माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदनमा केन्द्रीय सदस्यहरुले आज धारणा राख्ने छन् ।
एमाले केन्द्रीय समितिको बैठकले बिहान ११ बजेबाट केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा निरन्तरता पाउनेछ भने माओवादी केन्द्रीय समितिको बैठक स्मार्ट दरबार ब्याङ्केट धुम्बाराहीमा बिहान ८ बजेबाट सुरू हुने भनिएको छ ।
एमालेको आजको बैठकमा अध्यक्ष ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा देशको पछिल्लो राजनीतिक विषयसहित एमाले र कांग्रेसका बीचको सहकार्यका बिषयमा पनि उल्लेख गरिएको छ । जसमाथि केन्द्रिय सदस्यहरूले धारणा राख्न सुरू गर्नेछन् ।
सरकार गठनयताको ६ महिनाको समीक्षा प्रतिवेदन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका बिच पार्टीलाई कसरी अघि बढाउने बिषयमा केन्द्रिय सदस्यले आ–आफनो धारणा राख्नेछन् ।
प्रतिक्रिया