एमाले नेता बराल पनि सहकारी ठगीमा

एमाले नेता बराल पनि सहकारी ठगीमा


ग्लोब नेपाल
108
Shares

काठमाडौं । एमाले नेता एवं सिन्धुलीको फिक्कल गाउँपालिका उपाध्यक्ष राजु बराल काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी ठगीमा मुछिएका छन् । जिल्ला सरकारी वकिल कार्यालयले आइतबार बरालसहित ३९ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराध कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्धा दायर गरेको हो ।

उक्त सहकारीको सञ्चालक समिति सदस्यसमेत रहेका बराल सहकारी ठगीमा संलग्न रहेको प्रहरीको छानबिन प्रतिवेदनले औंल्याएको छ । उनलाई प्रहरीले फरार प्रतिवादीको सूचीमा राखेको छ । स्वर्णलक्ष्मीका बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार रुपैयाँ ठगी भएको प्रतिवेदनमा उल्लेख छ ।

बरालविरुद्ध यसअघि बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी र पुतलीसडकस्थित नाता बचत तथा ऋण सहकारी ठगीमा पनि मुद्धा दायर भएको छ । बराल गितेन्द्रबाबु (जिबी) राई अध्यक्ष रहेको सुप्रिम सहकारीको सचिव पनि हुन । उक्त सहकारीका सञ्चालकले बचतकर्ताको १ अर्ब रकम अपचलन गरेको पाइएको छ ।

गत वैशाख अन्तिम साता नै उनीविरुद्ध मुद्धा दायर भएकामा बराललाई राजनीतिक संरक्षणमा हालसम्म पक्राउ गरिएको छैन ।