माओवादी केन्द्रिय समिति पुस २४ सम्म लम्बिने

माओवादी केन्द्रिय समिति पुस २४ सम्म लम्बिने


ग्लोब नेपाल
108
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक पुस २४ सम्म सञ्चालन हुने भएको छ । गत आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा सबै केन्द्रिय सदस्यले धारणा राख्ने भए पछि पुस २४ सम्म सञ्चालन हुने भएको हो ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न प्रत्येक सदस्यलाइ तीन–तीन मिनेटको समय निर्धारण गरिएकाले पनि समय नपुग्ने भन्दै पुस २४ सम्म लम्बाइएको हो ।

आजको बैठक बिहान ११ बजेदेखि धुम्बाराहीस्थित स्मार्ट दरबार  ब्याङ्क्वेटमा बस्दैछ । बैठकमा  प्रचण्डले ३० पृष्ठ लामो प्रतिवेदन पेस गरेका छन, जहाँ आज र भोली केन्द्रिय सदस्यहरूले धारणा राख्नेछन भने पुस २४ गते अध्यक्ष प्रचण्डलगायतका पदाधिकारीले जवाफ दिए पछि सम्पन्न हुने गरी कार्यतालिका निर्धारण गरिने भएको छ ।

त्यसका लागि अहिले स्थायी कमिटीको बैठक चलिरहेको छ।