काठमाडौं । नेकपा एमालेको केन्द्रीय समितिको बैठक आजका लागि सकिएको छ । आइतबारदेखि सुरू भएको केन्द्रीय समितिको बैठकमा अहिलेसम्म ६४ जना केन्द्रीय सदस्यले अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि बोलिसकेका छन् ।
खाजा ब्रेकपछि स्थायी र पोलिटब्यूरो कमिटी ५२ जना सदस्यले बोल्न बाँकी रहेको जनाइएको थियो । अध्यक्ष केपी शर्मा ओलीले हिजो प्रस्तुत गरेको राजनीतिक प्रतिबेदनमाथि टिप्पणी गर्नका लागि एमालेले ३–३ मिनेटको समय छुटाएको छ ।
केही केन्द्रीय सदस्यले बोल्न बाँकी रहेकाले उनीहरूको धारणा सुनिसकेपछि सम्भवतः भोलि नै अध्यक्ष ओलीले जवाफ दिएर बैठक सकाउने तयारी एमालेको छ ।
प्रतिक्रिया