‘नेपाली जनता जिन्दावाद, अदालतलाई धन्यवाद !’

‘नेपाली जनता जिन्दावाद, अदालतलाई धन्यवाद !’

अदालतबाहिर रास्वपाको अविर जात्रा


ग्लोब नेपाल
486
Shares

पोखरा । स्वर्ण लक्ष्मी सहकारी ठगी प्रकरणमा ६५ लाख रुपैयाँ धरौटी बुझाएर न्यायिक हिरासतमुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेका समर्थकले जिल्ला अदालत कास्की बाहिर अविर जात्रा गरेका छन् । अदालतबाहिर रास्वपाका कार्यकर्ताको ठूलो भिड जम्मा भएर अविर जात्रा गरेका हुन् ।

‘जनता कसको रविको, रवि कस्को जनताको’, ‘यो जीत कसको रविको’, ‘नेपाली जनता जिन्दावाद, अदालतलाई धन्यवाद’ लगायतका नारा लगाएर अविर जात्रा मनाइरहेका छन् । भीडलाई सांसद, केन्द्रीय सदस्य एवम् कार्यवाहक प्रवक्ता मनिष झाले नेतृत्व गरेका थिए । अविर जात्रामा झाको नेतृत्वले खुशियालीमा नाराबाजी गरेका छन् ।