काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच पटक पटक भएको भेटको अर्थ खोजिदैछ । समाचारस्रोतका अनुसार यो एक सातामा अध्यक्ष नेपाल सभापति देउवालाई भेट्न ४ पटक बुढानीलकण्ठ पुगिसकेका छन् ।
समाचारस्रोतका अनुसार उनीहरुबीच ओली सरकारको विकल्प खोज्ने विषयमा कुराकानी भएको छ । ओलीले गत १७ असारमा काँग्रेस र एमालेबीच भएको सहमतिविपरीत ०८७ सालमा मात्र संविधान संशोधन हुने अभिव्यक्ति दिएपछि कांग्रेस नेताहरुले आपत्ति जनाउन थालेका छन् ।
नेपाल र देउवासँग गोप्य भेट भएको भन्ने सूचनालाई प्रतिपक्षी दलहरुबीच बाक्लिएको भेटवार्ताले पनि पुष्टि गर्छ । बिहीबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समाजवादी अध्यक्ष नेपालबीच भेटवार्ता भएको थियो । शुक्रबार पुनः प्रचण्ड र नेपाल तथा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनबीच भेटवार्ता भयो ।
भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै तीनै जना नेताले वर्तमान सरकार धेरै दिन नटिक्ने बताए ।
प्रतिक्रिया