काठमाडौं । सर्वाेत्तम सिमेन्टको छैटौँ वार्षिक साधारणसभा गत शुक्रबार भैरहवामा सम्पन्न भएको छ।
सभामा कम्पनीले सेयरधनीहरूका लागि लाभांश वितरणसम्बन्धी प्रस्तावहरू पनि पारित गरेको छ। कम्पनीले आफ्नो चुक्ता पुँजीको ७ प्रतिशतका दरले ३२ करोड ५५ लाख बराबरको बोनस सेयर र ३ प्रतिशतका दरले १३ करोड ९५ लाख नगद लाभांश (लाभांश करसहित) वितरण गर्ने निर्णय गरेको हो।
सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८०-८१ को वित्तीय विवरण पारित गरेको छ। साथै, आर्थिक वर्ष २०८१-८२ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणको प्रस्ताव पनि स्वीकृत भएको छ।
प्रतिक्रिया