काठमाडौं । अन्ततः समाजवादी मोर्चा सक्रिय हुने भएको छ । बामपन्थी झुकाव राख्ने संघीय संसद भित्र र संसद बाहिरका रहेका ४ दलले पुनः समाजवादी मोर्चालाइ सक्रिय बनाउन लागेका हुन् ।
जसका लागि चार दल आबद्द समाजवादी मोर्चाको कार्यदल बैठक मङ्गलवार बस्ने भएको छ । नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गङ्गानारायण श्रेष्ठका अनुसार मोर्चाको कार्यदलको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ ।
कार्यदलमा श्रेष्ठसहित नेकपा माओवादी केन्द्रवाटमहासचिव देव गुरुङ, नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता प्रमेश हमाल, नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा रहेका छन् ।
सो कार्यदलले प्रतिबेदन तयार पारे पछि बुधवार भने मोर्चाका शिर्ष नेताको बैठक बस्नेछ । माओवादी अध्यक्ष प्रचण्ड सत्ताच्युत भए पछि पहिलो पटक मोर्चाको बैठक बस्न लागेको हो ।
प्रतिक्रिया