शंकरापुर झडपमा पक्राउ परेका १७ जनालाई बिना सर्त छाड्न राप्रपाको माग

शंकरापुर झडपमा पक्राउ परेका १७ जनालाई बिना सर्त छाड्न राप्रपाको माग


ग्लोब नेपाल
162
Shares

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–३ लप्सीफेदीमा स्थानीय र प्रहरीबीच दिनभर र रातिसम्म झडप भएको छ । विद्युत सव स्टेशन निर्माणको काम रोक्न माग गर्दै प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप भएको हो ।

पक्राउ परेका सबैलाई बिना सर्त छाड्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले माग गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले विज्ञप्ति जारी गरेर उनीहरुको बिनासर्त रिहाइ हुनुपर्ने माग गरेका हुन् ।

झडपका क्रममा प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ । विकासको काममा अवरोध गरेकाले उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । पक्राउ परेकामध्ये ३ जनालाई रिहा गरिएको छ भने १४ जना बौद्ध प्रहरीको हिरासतमा छन् ।