काठमाडौं । इजरायलसँगको युद्धविराम सम्झौताको पहिलो चरणअन्तर्गत हमास नियन्त्रणबाट मुक्त हुने ३३ बन्धकको सूची सार्वजनिक भएको छ । यो सूचीमा नेपाली नागरिक विपिन जोशीको नाम परेको छैन ।
सम्झौताअनुसार नै आइतबार तीन महिला बन्धक रिहा गर्ने हमासको घोषणासँगै युद्धविराम सम्झौता कार्यान्वयन सुरु भएको छ । सो सम्झौताअन्तर्गत पहिलो चरणमा इजरायलले तत्काल रिहा गर्नुपर्ने ३३ जनाको सूची हमासलाई बुझाएको थियो भने हमासले रिहाइको प्रतिबद्धता जनाएको थियो ।
पाँच दिनअघि १५ जनवरी २०२५ मा कतार, अमेरिका र इजिप्टको प्रयासमा इजरायल र प्यालेस्टायनबीच युद्धविराम सम्झौता भएको थियो ।
हमासले आगामी ६ साताको अवधिमा ती ३३ बन्दीको रिहाइ गर्ने जनाएको छ । सूचीमा नेपाली नागरिक विपिनको नाम समावेश गरिएको छैन ।
अध्ययनको शिलशिलामा इजरायलमा रहेका विपिनलाई ७ अक्टोबर २०२३ मा हमासले दक्षिणी इजरायलबाट बन्धक बनाएको थियो । त्यसयता उनको अवस्था अज्ञात छ ।
प्रतिक्रिया