खाे–खाे विश्वकपमा नेपाली महिला टाेली उपविजेता

खाे–खाे विश्वकपमा नेपाली महिला टाेली उपविजेता



काठमाडौं । खाे–खाे विश्वकपकाे फाइनलमा नेपाली महिला टाेली आयाेजक भारतसँग पराजित भएर उपविजेता बनेकाे छ ।

नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी इन्डोर स्टेडियममा आज भएकाे उपाधि प्रतिस्पर्धामा नेपाली महिला टाेली ७८–४० ले पराजित भएसँगै रजतपदक जितेकाे छ । नेपाली महिला टाेली अपराजित रहँदै उपाधि नजिकै पुगेकाे थियाे ।

नेपाली महिला टोलीले पहिलो विश्वकप सहभागितामै रजत जितेर इतिहास रचेको छ ।

नेपाली महिला टाेलीले सेमिफाइनलमा युगान्डालाई र क्वाटरफाइनलमा इरानलाई हराएकाे थियाे ।

यस्तै नेपाली महिला टाेलीले समूह चरणकाे पहिलाे खेलमा भुटान, दोस्रो खेलमा जर्मनी, तेस्रो खेलमा श्रीलङ्का र चौथो खेलमा बङ्गलादेशलाई हराएको थियो ।

नेपालले समूहमा पहिलो खेलमा भुटानलाई ९३-२४ ले, दोस्रो खेलमा जर्मनीलाई ७३-३४ ले, तेस्रो खेलमा श्रीलंकालाई ११०-१० ले र चौथो खेलमा बंगलादेशलाई ८४-२४ ले पराजित गरेको थियो ।

त्यसैगरी क्‍वाटरफाइनलमा इरानलाई १०३-८ अंकको अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको थियो भने सेमिफाइनलमा नेपालले युगाण्डालाई ८९-१८ ले पराजित गरेको हो ।

खाे–खाे विश्वकप फाइनलकाे पुरुषतर्फ अहिले बेलुकी ८ बजे भारतसँग खेल्दैछ ।