काठमाडौं । आई र यू इन्टरटेनमेन्ट र आगन इभेन्ट्सको संयुक्त प्रस्तुतीमा ‘अब हाँस्छ अनि नाच्छ क्यानडा’ नामक शो हुने भएको छ । यो कार्यक्रम आगामी जुन र जुलाई महिनामा क्यानडाको विभिन्न सहरमा हुने आयोजक मध्येका एक जीआर भण्डारीले जानकारी दिए । उनले भने, ‘हामीले विभिन्न कार्यक्रम पश्चात यो शो भव्य रुपमा गर्न लागेका छौँ । यहाँका नेपालीले डिमाण्ड गर्नु भएका कै कारण उहाँहरूलाई लिएर शो गर्न लागेका हौँ । यो शोमा हाँस्ने र नाच्ने हो ।’
नेपालीको चाँप बढेसँगै पछिल्लो समय क्यानडामा पनि नेपाली गतिविधि बढ्न थालेको छ । नेपाली कला र संस्कृतिलाई प्रवद्र्धन गर्दै विगतमा प्रकाश सपूत, कालीप्रसाद बाँस्कोटा, नेपाल फेस्टिभल लगायतका कार्यक्रम गरिसकेका भण्डारीले ‘अब हाँस्छ अनि नाच्छ क्यानडा’ माकमेडियन सुमन कार्की, कैलाशकार्की, भरतमणि पौडेलको हाँस्यव्यङ्ग्य र मोडल करिश्मा ढकालको नृत्य हेर्न पाउने बताएका छन् ।
उनका अनुसार क्यानडाको टोरोन्टो, लन्डन, ओटावा, क्यालगरी, भ्यान कुभर लगायतका सहरमा कार्यक्रम हुनेछ । क्यानडामा प्रस्तुतीदिने खबरले कमेडियन सुमन कार्की उत्साहित छन् । उनले भने,‘क्यानडामा पहिलो पटक प्रस्तुती दिदै छौँ ।
त्यहाँका लागि हामीले फरक रुपमाआफ्नो तयारी गरिरहेका छौँ । क्यानडामा नेपाली कार्यक्रम बढिरहेको सन्दर्भमा हामीले प्रस्तुती दिन पाउनु हाम्रो लागि सुखद हो । हामी दर्शकको समयको भरपुर सदुपयोग हुने किसिमको प्रस्तुतीको तयारी गरिरहेका छौँ ।’
प्रतिक्रिया