काठमाडौं । नेपाली रैथाने खानालाई विश्वव्यापी बनाउने अभियानमा जुटेका सेफ घनश्याम कँडेल सम्मानित भएका छन् ।
काठमाडौंमा आयोजित तेस्रो ‘राष्ट्रिय जैविक विविधता सप्ताह- २०८१’ को समापन समारोहमा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सेफ कँडेललाई सम्मान प्रदान गरेका हुन् ।
कार्यक्रममा महामन्त्री थापाले विदेशी पर्यटकलाई नेपालको रैथाने खानाको परिकारको स्वाद चखाउन सके नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । सबै जातजाति र समुदायको खाना, रहनसहन, पाककला र संस्कृति जोडेर पर्यटन प्रवर्द्धन गरिनुपर्ने उनले बताए ।
सेफ कँडेलले नेपाली लगायत विभिन्न देशका खाद्य परिकार समेटेर टिमुर नामक पुस्तक लेखेका छन् । करिव दुई दशकदेखिको अध्ययन र अनुभव समेटेर लेखिएको पुस्तक टिमुरको हालैमात्र विमोचन गरिएको थियो ।
सेफ कँडेलले विगत १८ वर्षदेखि जापानमा रही विभिन्न देशमा नेपाली खानाको प्रवर्द्धन गर्दै आएका छन् । ग्यास्ट्रोनोमी टुरिजम एसोसिएसन अफ नेपालले कार्यक्रमको आयोजना गरेको हो ।
प्रतिक्रिया