इरानी पप स्टार टाटालुलाई मृत्युदण्डको सजाय

इरानी पप स्टार टाटालुलाई मृत्युदण्डको सजाय



तेहरान । ट्याटुले ढाकिएका इरानी पप स्टार अमिर हुसेन मग्सुदलु, जसलाई टाटालु भनेर चिनिन्छ, उनलाई इरानी अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । पैगम्बर मुहम्मदको अपमान गरेको आरोपमा दोषी ठहरिएपछि इरानी अदालतले टाटालुलाई मृत्युदण्डको सजाय सुनाएको इरानी सञ्चारमाध्यमले जनाएको छ ।

युवा इरानीहरूमाझ आफ्नो स्पष्ट विचार र लोकप्रियताका लागि कुख्यात गायकलाई ‘सब्ब अल–नबी’ (पैगम्बर मुहम्मदको अपमान) को आरोपमा दोषी ठहराइएको समाचारमा बताइएको छ।

टाटालुले यसअघि २०१७ को चुनावी अभियानमा राष्ट्रपति इब्राहिम रईसीलाई समर्थन गरेका थिए । उनले महमुद अहमदिनेजादको आणविक कार्यक्रमको समर्थन गरेका थिए । त्यसबेला उनले ‘न्यूक्लियर इनर्जी’ नामक गीत पनि प्रस्तुत गरेका थिए ।

उनको राजनीतिक संलग्नताको बावजुद टाटालुको उपस्थिति र व्यवहारले केही रूढिवादी गुटहरूबाट आलोचना भएको छ, जसले गर्दा उनको कलात्मक गतिविधिहरूमा प्रतिबन्ध लागेको थियो । त्यसैले उनी इरान छोडेर टर्की गएका थिए ।

टर्की पुगेपछि टाटालुले महिलाविरोधी र हिंसात्मक सामग्रीको रिपोर्टका कारण इन्स्टाग्राम ब्लक गर्नु, बेलायतको यात्रा गर्दा भिसा नियम उल्लंघन गर्दा टर्की प्रहरीले हिरासतमा लिनु, शिया धार्मिक व्यक्तित्वहरूको अपमान गरेको र युवाहरूमा लागूपदार्थको प्रयोगलाई बढावा दिएको आरोप उनीमाथि लागेको छ । उनी इरानी अभिनेत्री सहर कुरैश शशीसँगको विवादास्पद सम्बन्धमा पनि संलग्न छन् ।

टाटालुले कलात्मक अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई जोड दिँदै आफूमाथि लगाइएका आरोप उनले खण्डन गर्दै आएका छन । यद्यपि चार वर्षअघि उनलाई टर्की प्रहरीले हिरासतमा लिएर इरान फिर्ता पठाइएको थियो । त्यसपछि उनलाई जेल पठाइएको थियो ।

उनलाई ५ वर्षको सजाय सुनाइएपछि, तेहरान अभियोजकले प्रारम्भिक फैसलाको अपील गरेपछि सर्वोच्च अदालतले मुद्दाको पुनः मूल्यांकन ग¥यो । उनले अन्ततः उनलाई तेहरान प्रान्तीय फौजदारी अदालतमा फिर्ता पठायो ।

शिया धार्मिक व्यक्तित्वहरूको अनादर गर्ने र आफ्नै धार्मिकप्रति अविश्वास गरेकाले आइतबार साँझ अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको थियो । इरानी कानूनअनुसार टाटालुसँग यो फैसलाविरुद्ध अपील गर्ने अधिकार छ । उनको मुद्दा सर्वोच्च अदालतले फेरि एक पटक समीक्षा गर्ने बताइएको छ ।