काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको राष्ट्रिय कार्यकर्ता भेला आजवाट सुरू हुदैँछ । प्रज्ञा प्रतिष्ठान, काठमाडौंमा हुन गइरहेको सो भेलालाइ प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन सम्बोधन गर्नेछन् ।
शिक्षा, रोजगार, उद्यमशीलता तथा सामाजिक न्याय, समावेशिता र नवीनतामा आधारित योजनाहरूलाई अगाडी सार्दै युवालाई नीति निर्माणमा सहभागिता गराउने उद्देश्यले भेला आयोजना गरेको युवा सङ्घका महासचिव सुमन पुरीले जानकारी दिएका छन । सो भेलामा १ हजार १ सय भन्दा बढी प्रतिनिधिले सहभागीता जनाउँदैछन् ।
प्रतिक्रिया