काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले समाजवाद निर्माणमा तत्काल लाग्न आह्वान गरेका छन् ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा गौतमले यस्तो आग्रह गरेका हुन् । गौतमले पुष्पलाललाई स्मरण गर्ने हो भने तत्काल समाजवाद निर्माणमा लागनुपर्ने उल्लेख गरे । गौतमले समाजवाद निर्माणमा नलाग्ने हो भने जिब्रो पड्काएर मात्रै केही नहुने उल्लेख गरे ।
गौतमले नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै सरकार दलाल हो भनेर आलोचना गर्नु दुःखद् भएको बताए । उनले कांग्रेससँग मिलेर निर्वाचन लड्ने, सरकार बनाउने र फेरि पनि मिल्न पाए मिल्ने कोशिस गरिरहेको भन्दै अहिले सरकार दलाल हो भनेर आलोचना गर्नु उचित नभएको बताए ।
गौतमले कम्युनिष्ट हो भने अब समाजवाद निर्माण गर्न लाग्नुपर्ने बताए ।
प्रतिक्रिया